Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिट बाँडफाँटको अन्तिम टुंगो लगाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी


    शुक्रबार, असोज १४ २०७९
    870
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । आगामी ४ मङ्सिरमा हुँदै गरेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने गरी बैठक बस्न लागेको कांग्रेसका एक नेताले जानकारी दिए । बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको लागि उमेदवारहरुको तय गर्ने बताइएको छ ।
    सत्ता गठबन्धन भित्र दलहरुले आफ्नो आफ्नो दाबी गरेपछि सिट बाँडफाँटको टुंगो लामो समयदेखि लाग्न सकेको छैन । 

    साथै, कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापानिकटहरूले समानुपातिक उम्मेदवार तय गर्दा सभापति देउवा पक्षले एकलौटी गरेको र समान न्याय नगरेको आरोप लगाउँदै धर्नालगायत विरोध कार्यक्रम गरेका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार