Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो काठमाडौँ आइपुगिन्


    बुधबार, असोज १२ २०७९
    850
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एलिजाबेथ केनेडी ट्रुडो नेपाल आइपुगेकी छिन् । अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो नेपाल भ्रमणका लागि आज बिहान काठमाडौँ आइपुगेकी हुन्।

    उनी नेपालसहित युएई, उज्वेकिस्थान र किर्गिज रिपब्लिकको १२ दिने लामो समयको भ्रमणमा रहेकी अमेरिकी विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ । 

    उनले नेपाल भ्रमणका क्रममा दूतावासका अधिकारी, अमेरिकी दूतावास युवा परिषद् र नागरिक समाजका विभिन्न सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ । 

    ट्रुडोले अमेरिकी सरकारको सांस्कृतिक संरक्षण सहायता कार्यक्रममार्फत पुन:स्थापित भएका नेपालका विभिन्न सांस्कृतिक सम्पदाहरूको पनि भ्रमण गर्नेछिन् ।

    अमेरिकी वरिष्ठ कूटनीतिज्ञ ट्रुडोले नेपालमा राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम भने नरहेको र ‘रुस र चीनबाट’ अमेरिका र अमेरिकी मान्यताविरुद्ध फैलाइएका गलत सूचनाको प्रतिवाद कसरी गर्न सकिन्छ भन्नेबारे छलफल गर्ने विदेश मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार