Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्लब हिमालयन टाइगरको चौथो साधारण सभा सम्पन्न

    मंगलबार, असोज ११ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • दमक । गत  शनिवार क्लब हिमालयन टाइगरको चौथो साधारण सभा दमकमा सम्पन्न भएको छ । दमक नगरपालिकाका प्रमुख राम थापाको प्रमुख आतिथ्यमा सम्पन्न चौथो साधारण सभाले क्लबका विभिन्न शाखाहरु विस्तार गर्नुका साथै विभिन्न नगरपालिका, पालिका र अन्तराष्टिय संयोजकहरु चयन गरेको छ ।

    क्लब हिमालयन टाइगर दमक शाखाको अध्यक्षमा दिपक खड्का को नेतृत्वमा १३ सदस्य समिति गठन भएको छ । जसमा उपाध्यक्ष मेघनाथ फुयाल, महिला उपाध्यक्ष अनु भण्डारी ,सचीवमा तिर्थ राज राई, सहसचिव सबिना साङ्पाङ, कोषाध्यक्ष राजु अधिकारि र सदस्यहरुमा खगेन्द्र गुरागाइ, दिवस खतिवडा , डिल्ली मिश्र, आशिष् पौडेल, सन्तोस कार्की, सानुकुमार चौधरी, बिनोद अधिकारी र कोसिस सिवाकोटी रहेका छन् ।

    त्यसैगरी कमल गाउँपालिकाको संयोजकमा केदार चापागाईं, बिर्तामोड नगरपालिकाको संयोजकमा भिम प्रसाद कडरिया, शिवसताक्षी नगपालिकाको संयोजकमा दीपक सुवेदी, इजरायल समन्वयन समितिको संयोजकमा खेमराज जमरकट्टेल, युएई समन्वय समितिका संयोजकमा छितिज पौड्याल, अमेरिका समन्वय समितिको संयोजकमा नारायण कुमार श्रेष्ठ, बहराइन् समितको संयोजकमा मिलन श्रेष्ठ, अस्ट्रेलिया समन्वय समितिका सँयोजकमा दिल बहादुर थापा, कतार समन्वय समितिको संयोजकमा प्रेम कुमार उप्रेती चयन हुनु भएको छ ।

    unnamed.jpg
    undefined

    कार्यक्रमममा क्लबलाई विशेष योगदान दिएका वेनु प्रसाद चुडाल, १२१ पटक रत्तदान गर्ने राज कुमार श्रेष्ठ र ३० पटक भन्दा बढी रत्तदान गर्ने भगवती श्रेष्ठलाई दोसल्लाह र सम्मान पत्रले विशेष सम्मान गरिएको छ । कार्यक्रममा संस्थाका संस्थापक सदस्य, आजीवन सदस्य, विभिन्न शाखाका कार्यसमिति सदस्यहरुलाई प्रमुख अतिथि राम थापाले प्रमाण पत्र प्रदान गर्नु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार