Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • कांग्रेस पदाधिकारी बैठक जारी 


    मंगलबार, असोज ११ २०७९
    705
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसिरहेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिक पद्धतितर्फको बन्द सूचीका विषयमा छलफल गर्न उक्त बैठक बसेको हो।

    समानुपातिक तर्फको सूचीमा पार्टीको संस्थापनइतरले विरोध जनाएपछि छलफलका लागि पदाधिकारी बैठक बोलाइएको हो ।

    कांग्रेसका संस्थापन इतर नेताहरूले सिट बाँडफाँटमा पार्टीले गठबन्धनका अन्य दलहरूसँग सम्झौता गर्न नहुने भन्दै सभापति देउवालाई दबाब दिँदै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार