Nepal Face
  • आइतबार, १० साउन २०८३
  • न्यायोचित भागबण्डा नगरे प्रचण्डविरुद्ध उम्मेदवारी दिन्छु :नेता घिमिरे


    मंगलबार, असोज ११ २०७९
    795
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी भित्र तालमेल गर्दा संस्थापनइतर समूहलाई न्यायोचित भागबण्डा नगरे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नै उम्मेदवारी दिने बताएका छन् ।

    ‘कांग्रेसबाट विद्रोह गरेर चितवन ३ मा उठ्छु । कांग्रेसमै रहेर प्रचण्ड विरुद्ध उम्मेदवार हुने कुरा भएन,’ शेखर कोइराला पक्षका घिमिरेले नेपालफेससँग भने ।

    नेता शेखर कोइराला पक्षधरलाई बेवास्ता गरी सिटको भागबण्डा टुंगिए मान्य नहुने उनको भनाइ छ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फ ४० प्रतिशतको हिस्सेदार आफ्नो समूह रहेको शेखर पक्षको दाबी छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार