Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • गृहमन्त्री खाणले गरे सम्पर्क कार्यालय उद्घाटन


    सोमबार, असोज १० २०७९
    570
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा चुनावका लागि उम्मेदवार प्रस्ताव भइरहेको समयमै गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले रुपन्देहीको क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गरेको छ । 

    गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसले उम्मेदवारको टुंगो अझै लगाएको छैन । काे कहाँबाट उम्मेदवारी हुने भन्ने पार्टीले तय नगरेको बेला गृहमन्त्रीसमेत रहेका रुपन्देही-३ बाट एकल प्रस्तावमा परेका बालकृष्ण खाणले आफ्नै सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

    आगामी निर्वाचनलाई लक्षित गर्दै सिद्धार्थनगर-६ गल्लामण्डीमा सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गरिएको हो । 

    सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले कांग्रेसले आफूलाई उम्मेदवार प्रस्ताव गरे पनि कुनै टुंगाे भने नलागेकाे बताए । रुपन्देहीमा पाँचवटा निर्वाचन क्षेत्र रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार