Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज हुने भनिएको ओली-प्रचण्ड छलफल स्थगित


    बुधबार, साउन २१ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज साँझको लागि तय भएको प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल स्थगित भएको छ । 

    मंगलबार पनि यी दुईबीच बालुवाटारमा छलफल भएको थियो र बुधबार पनि छलफल हुने भनिएको थियो । तर आज ५ बजे नै प्रम ओलीका प्रेस सल्लाहकार सूर्य थापाले तय भएको भेटवार्ता स्थगित भएको जानकारी दिए । 

    आज दिउँसो प्रचण्ड, वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँग अनौपचारिक भेट गरेर प्रम ओलीले पार्टी फुटाउन चाहेको बताएका थिए । तर आफूहरु हदैसम्म पार्टीको विवाद मिलाउन लागि परेको उनीहरुको भनाइ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार