Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • डा. शेखर कोइराला समूहको ‘खबरदारी सभा’ सुरु


    शनिबार, असोज ८ २०७९
    755
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका वरिष्ट नेता डा. शेखर कोइराला समूहले काठमाडौंमा आयोजना गरेको खबरदारी सभा सुरु भएको छ । 

    शेखर समूहले पार्टीभित्र अवसर र न्यायका लागि भन्दै  थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा खबरदारी कार्यक्रम गरेको हो । पार्टी न्यायोचित टिकट बाँडफाँटका लागि दबाब बढाउने भन्दै कोइराला समूहका नेताहरु भेला भएका हुन् ।

    शेखर समूहले आगामी चुनावका लागि प्रतिनिधि सभा र प्रदेश सभामा कम्तिमा ४० प्रतिशत सिट आफ्नो पक्षका नेतालाई दिन माग गरिरहेको छ ।

    शेखर समूहले पटकपटक भेला र बैठक गरेर सभापति शेरबहादुर देउवालाई दबाव दिंदै आएको छ । 

    भेलामा कांग्रेस नतो गुरुराज घिमिरे, नुवाकोटका पूर्व सभापति जगदिश नगरसिंह केसी, केन्द्रीय सदस्यहरु प्रकाश स्नेही र अजयबाबु सिवाकोटी लगायत सहभागी छन् ।shekhar-koirala-khabardari-sabha-3.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार