Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • राष्ट्रपतिको कदमविरुद्ध सिके राउतको पार्टीले गर्यो आन्दोलनको घोषणा 


    शनिबार, असोज ८ २०७९
    850
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटकपनि प्रमाणीकरण नगरेको विरोधमा जनमत पार्टीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । असोज ७ गते बसेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनको घोषणा गरेको हो । 

    नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले लाखौँ योग्य नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गरेको पार्टीको आरोप छ ।

    यस्तै असोज ९ र १० गते हरेक वडामा दसैंको शुभकामना दिनुको साथै नागरिकताको अधिकार खोसेको विषय बारेमा माइकिङ गर्ने, असोज ११ गतेदेखि १८ गतेसम्म वडास्तरमा बिहान र दिउँसो अन्तरक्रिया कार्यक्रम तथा विरोध प्रदर्शन र असोज १९ गते पुतला दहनको कार्यक्रम राखिएको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार