काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कारण पार्टी यतिबेला गम्भीर संकटमा परेको तर सहमतिको लागि आफूले सकभर प्रयास गरिरहेको उनको भनाइ छ ।
बुधबार काठमाडौंको बिजुलीबजारमा आयोजित अनौपचारिक पत्रकार भेटघाटमा प्रधानमन्त्री ओलीले पार्टीलाई दिशाहीन बनाएको र सरकार सञ्चालन पनि मनपरी ढंगले गर्दै आएको अध्यक्ष प्रचण्डले बताए ।.
कार्यक्रममा प्रचण्ड, वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ आफूहरु विधि र पद्धति अनुरुप पार्टी सञ्चालन हुनुपर्ने पक्षमा रहेको प्रष्ट पारेका छन् । प्रम ओलीले पार्टीको निर्देशन नै नमान्ने र मनपरी ढंगले सरकार सञ्चालन गरेको उनीहरुको भनाइ छ ।
छलफलमा प्रचण्डले पार्टी एकताबाट बाहिर जानु उचित नभएकाले आफूले एकताका लागि हदैसम्म लचिलो भएको बताए । तर प्रम ओलीबाट भने पार्टी एकतालाई गम्भीर खतरा रहेको उनले बताए । आफूहरु सत्ताका लोभी नभएको र एकताको पक्षमा रहेको समेत प्रचण्डले बताए । अहिलेको नेकपाको विवाद पदको झिनाझप्टी नभइ पार्टीलाई विधिसम्मत सञ्चालनका लागि रहेको उनको भनाइ थियो ।
प्रम ओलीको पछिल्लो गतिविधि पार्टी फुटाउनका लागि मात्रै केन्द्रित भएको प्रचण्डको आरोप छ ।
‘नेकपा एमाले पार्टी दर्ता, देशभर आफ्ना मान्छे लगाएर नारा जुलुश लगायतका काम गरेर पार्टीको संकट बढाउने काम ओलीजीले गरिरहनु भएको छ,’ छलफलमा प्रचण्डले भने ‘पार्टीको निर्णयबाट पनि अघि बढ्न नमान्ने, एकलौटी ढंगले अघि बढेर ओलीजी पार्टी फुटाउन लागि पर्नु भएको छ।’
प्रचण्डले अहिले विवाद समाधान हुन नसकेको कारणबारे बताउँदै भने, ‘हामीले मात्र चाहेर हुँदैन, ओलीजी एकताको पक्षमा हुनुहुन्न।’
उनले प्रम ओली बहुमतलाई पनि नमान्ने र पार्टी एकताको भावना विपरित गएको समेत आरोप लगाए । अहिलेसम्म विवाद समाधानको लागि ओलीबाट कुनै प्रयास नभएको समेत प्रचण्डको भनाइ छ ।
तर आफ्नो तर्फबाट अझै प्रयास हुने बताउँदै प्रचण्डले भने, ‘हाम्रो प्रयास एकताको लागि हुन्छ, हामी राम्रो बनाउनका लागि अझै लाग्ने छौं, तर ओलीजीको कारण हामी खराब भन्दा खराब परिस्थितिको लागि पनि तयार हुनुपर्ने अवस्था छ।’
यस्तैगरी वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष र प्रधानमन्त्री भएर पनि ओली गुटमा सिमित रहेको आरोप लगाए । पहिला नेकपा एमाले हुँदा पनि गुट चलाएर राजनीति टिकाएका ओलीले अहिले पनि गुटमा सिमित भएको उनको दावी छ ।
वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेको सबै समस्याको जड प्रम ओली रहेको बताए । ओलीको म नै पार्टी हुँ भन्ने शैलीको कारण सबै समस्या सुरु भएको नेता नेपालको दावी छ । अहिले पार्टी भद्रगोल अवस्थामा बनाउने र पार्टीलाई कागजमा सिमित पारेको भन्दै ओलीले मनोगत शैलीले पार्टी र देश चलाएको उनको आरोप छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार कम्युनिष्ट पार्टीको भनिए पनि कम्युनिष्ट मूल्यमान्यताअनुसारको भएको नदेखिएको बताए।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend