Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं आइपुगे युरोपेली संसदीय प्रतिनिधिमण्डल 


    बिहिबार, असोज ६ २०७९
    575
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि युरोपेली संसद्को प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ ।

    नेपालको संविधान २०७२ जारी भएयता यहाँको संघीय लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा भइरहेको प्रगातिका विषयमा जानकारी लिन युरोपेली संसदकी उपाध्यक्ष इभेलिन रेग्नर नेतृत्वको चार सदस्यी टोली नेपाल आइपुगेको हो । 

    प्रतिनिधिमण्डलको नेतृत्व सुश्री एभलिन रेगनर (अस्ट्रिया), युरोपेली संसदकी उपाध्यक्ष सुश्री उल्रिक मुलर (जर्मनी), टोमास जेडेचोभस्का (चेचिया) र म्याक्सिमिलियन क्राह (जर्मनी) ले गर्नेछन्।

    प्रतिनिधिमण्डलले २०७२ सालमा संघीय संविधान जारी भएयताको ६ वर्षको सङ्घीय लोकतन्त्रको स्थापना र कार्यशैलीबारे जानकारी गराउन प्रमुख राजनीतिक दलका प्रतिनिधिसँग धेरै भेटघाट गर्नेछ। नेपाली कांग्रेसका महासचिव गगनकुमार थापा, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त माक्र्सवादी–लेनिनवादी) का उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सँग भेट्ने तय भएको छ।

    भ्रमणबाट नेपाल र युरोपेली युनियनबीच रहीआएको सहकार्य विस्तार तथा सहकार्य अभिवृद्धिमा योगदान गर्ने नेपालस्थित युरोपेली प्रतिनिधिमण्डलको कार्यालयले बताएको छ। 

    उक्त प्रतिनिधिमण्डलले सरोकारवालाहरुसँग राजनीतिक र युवा नेताहरूसँग संघीय लोकतन्त्र, जलवायु समस्या, लैङ्गिक र सामाजिक समावेशीकरणबारे छलफल गर्ने छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार