Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सभामुख र उपसभामुखको राजीनामाको माग गर्दै सर्वोच्चमा रिट


    बिहिबार, असोज ६ २०७९
    870
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गराउन अर्थात् राजीनामाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । 

    अधिवक्ताहरु किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुखविरुद्ध रिट दायर गरेका हुन्।

    निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची प्रकाशित गरिसकेकाले मुद्दाको अन्तिम किनारा नलागुन्जेल सभामुख र उपसभामुखका रुपमा दिइने सेवासुविधा प्रयोग गर्न रोक लगाउनसमेत रिटमा माग गरिएको छ। रिटमाथि शुक्रबारलाई पेसी तोकिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार