Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुटमा नलाग्ने भन्दै प्रचण्डसँग टाढिए वामदेव


    बुधबार, साउन २१ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टाढिएका छन् । पछिल्लो समय प्रचण्ड समूहको भेलामा समेत जान छोडेका वामदेवले आफू टाढिएको प्रष्ट पारेका छन् ।

    मंगलबार वामदेवलाई भेट्न प्रचण्ड भैंसेपाटी पुगेका थिए । ४० मिनेट चलेको कुराकानीमा प्रचण्डले वामदेवलाई पछिल्लो अवस्थाका बारेमा बताएका थिए । तर वामदेवले भने विवाद समाधानको लागि अघि बढ्नुपर्ने विचार राखेका थिए ।

    अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेको हो कि भन्ने प्रचण्डको आशयमा वामदेवले आफू अब कुनै गुटमा नलाग्ने प्रष्ट्याए । वामदेवका प्रेस सहयोगी विश्वमणि सुवेदीले यो कुराको पुष्टि गरेका छन् । उनले वामदेवको भनाइ उदृत गर्दै अध्यक्ष प्रचण्डसँगको भेटमा आफू पार्टीको एकताप्रति दृढ रहेको र कुनै गुटमा  नलाग्ने जवाफ दिएको बताएका छन् । 

    गौतमले गत साउन १३ गते पार्टी विग्रह रोक्न भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका थिए। केपी ओलीले गौतमलाई सोही दिन साँझ उनको निवास भैंसेपाटीमै पुगेर भेटेका थिए भने प्रचण्ड पनि मंगलबार भैंसेपाटी पुगेका थिए।सो भेटपछि नै वामदेवले कित्ता परिवर्तन गरेको चर्चा चलेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार