Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • ओलीको शीतल छहारी पाउन एमाले प्रवेश गरेको पूर्वआईजीपी खनालको दाबी   


    बिहिबार, असोज ६ २०७९
    870
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। । बिहीबार पार्टी कार्यालय ललितपुरस्तिथ च्यासलमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन् । उनले एमाले प्रवेश गर्दै केपी ओलीको शीतल छहारी पाउने विश्वासमा पार्टी प्रवेश गरेको दाबी गरे । 

    आफू प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेर आईजीपीबाट अवकाश पाएको बताउँदै उनले ओली गृहमन्त्री हुँदा आफू इन्स्पेक्टर रहेको बताए । 

    देश, जनता र सत्यको पक्षमा ओली उभिने नेताको रूपमा आफूले पहिल्यै लागेको खनालको भनाइ छ । आफूमाथि तत्कालीन प्रहरी प्रमुखले गरेको अन्यायबारे बल्खुस्थित एमाले पार्टी कार्यालयमा पुगेर जानकारी गराउँदादेखि नै ओली सत्यको पक्षमा उभिने नेताको रूपमा आफूले बुझेको पूर्वमहानिरीक्षक खनालले बताए । 

    साथै खनालसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया, जसपाका नेता होरिलाल चौधरी, २०६४ मा सर्लाही. १ बाट निर्वाचित संविधानसभा सदस्य तथा नेकपा (एस)का केन्द्रीय सदस्य प्रकाश पाख्रिन पनि एमाले प्रवेश गरेको  स्रोतले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार