Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बसको ठक्करबाट ६ वर्षीय विद्यार्थीको मृत्यु, धादिङको गजुरीमा तनाव


    बिहिबार, असोज ६ २०७९
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । धादिङको गजुरीमा बसको ठक्करबाट एक जना ६ वर्षीय विद्यार्थीको मृत्यु भएको छ। उक्त घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गर्नुको साथै स्थानीयबासिन्दा र विद्यार्थीले सडकमा प्रदर्शन गरेका छन् ।

    गजुरी बजारको आदर्श माद्यामिक बिद्यालयका एक जना विद्यार्थीलाई ग१ख ४५६५ नम्बरको बसले बाटो काट्ने क्रममा जेब्राक्रसमै ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयबासिन्दा र विद्यार्थीले ठक्कर दिने गाडीमा तोडफोड पनि गरेका छन् ।

    दुर्घटनापछि गजुरी तनावग्रस्त बनेको छ । अहिले पृथ्वी राजमार्गको गजुरी खण्डमा गाडी चल्न सकेका छैनन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार