काठमाडौं । कोरोना संक्रमणका कारण पर्सामा थप एक जनाको मृत्यु भएको छ। बुधबार वीरगन्ज महानगरापलिका–१५ का ४६ वर्षीय पुरुषको निधन भएको नारायणी अस्पतालले जनाएको छ ।
ती पुरुष मधुमेहका रोगी रहेको र पछिल्लो समय ज्वरो र खोकी देखिएको थियो। उनको १८ गते स्वाब संकलन गरिएको र १९ कोरोना पुष्टि भएको थियो ।
स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई मंगलबार वीरगञ्झ अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।
पछिल्लो समय ठूलो संख्यामा लक्षणसहितको कोरोना संक्रमित भेटिएको पर्सामा योसँगै मृत्यु हुनेको संख्या १४ पुगेको छ ।