Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज पनि ओली–प्रचण्डबीच छलफल हुने


    बुधबार, साउन २१ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुने तयारी छ । छलफल आज साँझका लागि तय भएको प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।

    पछिल्लो समय नेकपामा चर्किएको अन्त्य गर्नका लागि भन्दै वार्तामा जुटेका शीर्ष नेताहरुबीच कुनै ठोस सहमति हुन सकेको छैन । पछिल्लो समय दुई अध्यक्षबीचको छलफलमा छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी हुने गरेका छन् ।

    सोमबार र मंगलबार पनि छलफल भएपनि दुबै पक्ष आफ्नै अडानमा छन् । प्रचण्ड र खनालले स्थायी समितिमा पार्टी विवाद लैजानको लागि प्रस्ताव गरेका छन् भने प्रम ओली चाहिँ सचिवालयबाट नै सबै विवाद मिलाउने पक्षमा छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार