Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसकाे घोषणापत्र तयारी समितिमा ४१ जना सदस्य मनाेनित


    बुधबार, असोज ५ २०७९
    2.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिमा ४१ जना सदस्य मनोनयन गरेका छन् । 

    नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारीगर्दै उक्त जानकारी दिएका हुन् । 

    आउँदो मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र लेखन समितिमा ६ सहमहामन्त्रीलाई सदस्यका रूपमा राखिएको छ । सहमहामन्त्रीहरू फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङदेम्बे, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे, जीवन परियार सदस्यमा रहेका छन् । यस्तै अर्थशास्त्री समेत रहेका स्वर्णिम वाग्ले, वाग्मती प्रदेशकी पूर्वप्रदेश प्रमुख एवं अधिकारकर्मी अनुराधा कोइराला, कवि एवं साहित्यकार विष्णुविभु घिमिरे कवि एवं गीतकार श्रवण मुकारुङलगायत व्यक्ति समिति सदस्यमा छन् ।

    Screenshot (242).png
    undefined
    Screenshot (243).png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार