Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मापदण्ड विपरीत निर्माण भएका संरचना हटाउन ललितपुर महानगरको ३५ दिने अल्टिमेटम


    बुधबार, असोज ५ २०७९
    985
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। केहि समयदेखि काठमाडौँ महानगरपालिकाले नक्सा स्वीकृत बिना अर्थात् अनाधिकृत संरचना हटाउदै आएको छ। उक्त अभियानलाई समर्थन गर्दै देशका विभिन्न स्थानमा यस अभियान लागु गरिएको छ।

    यस्तै ललितपुर महानगरपालिकाले पनि महानगर क्षेत्रभित्र नक्सा स्वीकृत बिना, मापदण्ड विपरीत निर्माण भएका संरचनाहरू ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।

    महानगरले मापदण्ड विपरीत निर्माण भएका सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, र्‍याम्प, सिंढीलगायत संरचना हटाउन आग्रह गर्दै बुधबार एक सूचना जारी गर्दै सार्वजनिक गरेको छ ।

    यस्तै उल्लेखित म्यादभित्र (समय) सूचना बमोजिम कार्य नगरे महानगरपालिका कार्यालयले त्यस किसिमका संरचनाहरू हटाउ एक्शनमा उत्रिने जनाईएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार