काठमाडौं । सरकारले सिंहदरबार प्रवेशमा थप कडाइ गरेको छ। कोरोनाको संक्रमण बढ्दै गएपछि सरकारले बुधबारबाट अत्यावश्यक कामबाहेक सर्वसाधरणलाई सिंहदरबार प्रवेशमा रोेक लगाएको हो।
कोरोनाको जोखिम बढेका कारण भेटघाट लगायतका कामका लागि सिंहदरबार प्रवेशमा कडाइ गरिएको बताइएको थियो । उनले अत्यावश्यक काम खुल्ने कागजात देखाएर सर्वसाधारण र प्रेस पासका आधारमा सञ्चारकर्मी भने प्रवेश गर्न पाउँछन् ।
अर्को निर्णय नभएसम्मका लागि अब सिंहदरबार प्रवेशका कडाइ गरिएको हो। उनले सर्वसाधारणका लागि सिंहदरबारभित्रका विभिन्न कार्यालयले जारी गर्ने गेटपास वितरण बन्द गरिएको छ।
पछिल्लो समय राजधानीमा संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले कडाइ गरेको हो। सरकारले फेरि लकडाउन गर्ने वा अन्य विकल्प अपनाउने भन्ने विषयमा छलफल गरिरहेको छ।