Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भक्तपुरमा एक लाख ९४ हजार मतदाता थपिए 


    सोमबार, असोज ३ २०७९
    905
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आगामी ४ मङ्सिरमा हुने संघीय एवं प्रदेशसभा निर्वाचनमा भक्तपुरमा मतदाताको सङ्ख्या एक लाख ९४ हजार चार सय ३९ जना पुगेको छ।

    जिल्ला निर्वाचन कार्यालय, भक्तपुरका प्रमुख नदेन्द्रप्रसाद न्यौपानेका अनुसार भक्तपुरमा पुरुष मतदाता ९४ हजार छ सय ८३ र महिला मतदाता ९९ हजार सात सय ५१ तथा अन्य पाँच गरी कूल एक लाख ९४ हजार चार सय ३९ जना मतदाता पुगेको हो। साथै पुरुषभन्दा पाँच हजार ६८ जना महिला मतदाताको सङ्ख्या बढी रहेको उनले बताए । निर्वाचनका लागि ७६ मतदानस्थल र दुई सय २२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

    जिल्ला निर्वाचन कार्यालय भक्तपुरले गत असार १ गतेदेखि साउन १९ गतेसम्म गरेको मतदाता नामावली संकलन तथा अद्यावधिकका क्रममा १५ हजार नयाँ मतदाता थपिएको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार