Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ३०१ प्रहरीमा कोरोना संक्रमण, ११० जना डिस्चार्ज


    बुधबार, साउन २१ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालभर अहिलेसम्म ३ सय १ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । बुधबारसम्म यीमध्ये १ सय १० जना डिस्चार्ज भइसकेका छन् । यी संक्रमितमा सबैभन्दा बढी प्रहरी प्रधान कार्यालयका छनु । आजसम्ममा त्यहाँ ७५ जनामा संक्रमण भेटिएको हो  ।

    प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार हाल प्रहरी प्रधान कार्यालयका ७५, काठमाडौं उपत्यकाका नौ, प्रदेश १ का ३७, प्रदेश २ का २३, गण्डकी प्रदेशका ३९, प्रदेश ५ का सात र सुदूरपश्चिम प्रदेशका एकजना संक्रमित प्रहरीको उपचार जारी छ ।

    यसबाहेक १ सय १० जना कोरोनामुक्त भएर डिस्चार्ज भएका भइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार