Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज रातिदेखि धरानमा सात दिनका लागि लकडाउन


    बुधबार, साउन २१ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेको निष्कर्षसहित धरानमा आज राति १२ बजेबाट लकडाउन हुने भएको छ । धरान उपमहानगरपालिकाको बैठकले एक साताको लागि घोषणा गरिएको लकडाउन गर्ने निर्णय गरेको हो। 

    समुदायमा कोरोना फैलिएको बारे यकिन गर्नका लागि एक साता लकडाउन गरिएको बताइएको छ । जनस्वास्थ्य विज्ञहरुसँगको सल्लाहमा यस्तो निर्णय गरिएको हो । 

    आज मध्यरातबाट धरानमा अत्यावश्यक बाहेक सबै सेवा बन्द हुनेछ। धरान अहिले तत्काल कोरोना परीक्षणको दायरा समेत बढाइनेछ । त्यसमा आउने नतिजाको आधारमा थप निर्णय गरिने समेत धरान उपमहानगरपालिकाले जनाएको छ । 

    पछिल्लो समय धरानमा विद्यार्थी र ट्रभल हिस्ट्री नभएका व्यक्तिमा पनि संक्रमण देखिन थालेको छ। सोही कारण कोरोना समुदायमै फेलिएको अनुमान गरिएको बताइएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार