Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टेलिकमले ल्यायो अर्को अफर, ४९ रुपैयाँमा दिनभर डेटा र भ्वाइस कल सुविधा


    आइतबार, असोज २ २०७९
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध प्राप्त हुनेछ ।

    यस अफर अन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक रु. ९८ मा खरिद गर्न सकिने छ भने त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डेटा र अन-नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक रु. ४९ मा उपलब्ध हुनेछ ।

    यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डेटा प्याक रु. २९४ मा खरिद गर्न सकिने टेलिकमले जनाएकाे छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार