Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १६ वर्षीय युवकसँग भेटियो स्रोत नखुलेको १६ लाख


    बुधबार, साउन २१ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्रोत नै नखुलेको ठूलो रकम बोकेर हिँड्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कपिलवस्तुमा एक १६ वर्षीय युवक १६ लाख रुपैयाँसहित पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा कपिलवस्तु मायादेवी गाउँपालिका- १ पकडीका ३६ वर्षीय विनोद सोनार रहेका छन् । भारतबाट नेपाल आउँदै गरेका उनी विशेष सुराकीका आधारमा उनी मंगलबार साँझ पक्राउ परेका हुन् । 

    सोनारको साथबाट १ हजार दरका र ५ सय दरका नोटहरु सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सोनार र उनीबाट बरामद भएको रकम सुनौली भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक देवकोटाले बताए ।

    सुनको अवैध कारोबार गर्दै आएका उनले नेपालतर्फबाट सुन भारततर्फ तस्करी गर्नका लागि सो रकम बोकेको हुनसक्ने आशंका गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार