Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • निलम्बित जबरा सर्वोच्च फर्कने भएपछि अदालत वरपर सुरक्षा व्यवस्था कडा 


    आइतबार, असोज २ २०७९
    755
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। महाभियोगपछि निलम्बनमा परेका सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा पुन: सर्वोच्च अदालत फर्कने भएपछि सर्वोच्च अदालत वरपर सुरक्षा व्यवस्था कडा बनाउनुको साथै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    निलम्बित प्रधानन्यायाधीस जबरा माथि संसदमा महाअभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । 

    महाअभियोग प्रक्रिया नटुङ्गीदै आज राती १२ बजेबाट सांसदहरुको कार्यकाल सकिएका कारण महअभियोग निस्क्रिय भएको जनाउँदै जबरा पुन: फेरी काममा फर्कन लागेका हुन् । 

    साथै गठबन्धनका अधिवक्ताहरुले कुनै हालतमा चोलेन्द्रलाई सर्वोच्चमा प्रवेश गर्न नदिने दावा गरेका छन्। 

    गत १ फागुनमा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार