Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • प्रदेश स्वास्थ्य सचिव बद्री खड्काले गरेको नियमबिपरित सरुवाबिरुद्ध अख्तियारमा उजुरी 


    शुक्रबार, भाद्र ३१ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रदेश स्वास्थ्य सचिवले गरेको सरुवाबिरुद्ध अख्तियारमा उजुरी परेको छ । डा . सुमित्रा गौतमको २०७९ / ५ / २० मा धादिङबाट सरुवा भक्तपुर अस्पतालमा भएको छ । निज गौतमको सरुवा नियम बिपरित भएको भनि अख्तियारमा डा श्रीधर अर्यालले अख्तियारमा उजुरी दिएका छन् । डा .सुमित्रा गौतम भक्तपुर अस्पतालमा २ बर्ष ६ महिना भन्दाबडि मेडिकल सुपरिटेन्डेन्ट  पदमा रहेकी थिइन् ।

    मेडिकल सुपरिटेन्डेन्ट  पदमा रहेकी गौतमको २०७८/१० /२७ मा धादिङ अस्पतालमा  सरुवा  भएको थियो । तर डा. सुमित्रा गौतम धादिङ अस्पतालको प्रमुख भइ काम काज सम्हाल्नु पर्नेमा सचिव बद्री खड्काको सहयोगमा २०७९/१/६ मा भक्तपुरमा नै  काज मिलाई कामकाज गर्दै आएकी थिइन् । डा. गौतम धादिङ नगइ भक्तपुरमा नै आउन खोज्नुको उदेश्य मेडिकल माफियाको मिलेमहतोमा भ्रस्ट्राचार गर्ने र पैसा कमाउने नियत प्रष्ट देखिएको भन्दै उजुरी परेको हो  । 

    काजमा बस्ने कर्मचारीलाई तीन महिनामा फिर्ता बोलाउनु पर्ने र निर्वाचन आचार संहिता लागेको अबस्थामा यसरी नियम बिपरित भएको सरुवाबिरुद्ध डा .श्रीधर अर्यालले अख्तियारमा उजुरी दिएका छन् ।  डा .अर्यालले आफुले  भक्तपुर अस्पतालमा स्थाई दरबन्दीमा  रहेर  एनआईसीयू (NICU)  वार्ड अक्सिजन प्लान्ट र नयाँ सेवा बिस्तारमा आफुले  उल्लेख काम गरेको बताएका  छन् ।  डा ,श्रीधर अर्यालले डा सुमित्रा गौतम मे .सु हुँदा १०००  जना भन्दा कम बिरामीले सेवा लिन पाउने अस्पतालमा आफ्नो कार्यकालमा  प्रतिदिन ३५०० भन्दा माथि बिरामीले सेवा लिन सक्ने गरि कार्य गरेको  उल्लेख गरेका छन्  । 

    काजमा रहेकालाई फिर्ता गर्नु पर्नेमा स्थाई दरबन्दीमा भएकालाई नियम बिपरित हटाएको भन्दै अख्तियारमा आज उजुरी परेको हो  । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार