Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अडान राखेरै सकियो बालुवाटार बैठक


    मंगलबार, साउन २० २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद समाधानका लागि प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकिएको छ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल गएका थिए। छलफलमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि उपस्थित थिए । 

    बालुवाटार स्रोतका अनुसार मंगलबारको छलफलमा दुबै पक्षले अडान राखेर सकिएको छ । प्रम ओलीले पार्टीको विवाद सचिवालयमा टुंग्याउने र अहिले केन्द्रीय समित नबोलाउने अडान लिएका थिए । यस्तै अध्यक्ष प्रचण्ड र नेता झलनाथले पार्टीको विवाद स्थायी समितिमा लैजाने अडान राखे । 

    दुबै पक्षले लचकता नदेखाएपछि बैठक यतिकै टुंगिएको थियो । 

    यस्तै बैठकमा लगानी बोर्डको सीईओ नियुक्तीको विषयमा पनि प्रचण्ड र खनालले कडा रुपमा विचार राखेको खुमलटार स्रोतले जनाएको छ । 

    विवादित व्यक्तिलाई नियुक्त गरेकोमा दुई नेताले आपत्ति जनाएका थिए । यो विषयमा भने प्रम ओलीले खासै प्रतिवाद नगरेको स्रोतको दावी छ । 

    यसअघि सोमबार पनि बालुवाटारमा छलफल भएपनि विवाद समाधानको लागि कुनै ठोस सहमति हुन सकेको थिएन । पछिल्लो समय नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि नेकपामा विवाद चुलिएको हो ।

    आज बिहान उपाध्यक्ष वामदेव गौतमसँग उनको निवास भैंसेपाटीमा छलफल गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार