Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले अध्यक्ष ओली र चिनियाँ नेता ली चान्शुबीच भेटवार्ता


    मंगलबार, भाद्र २८ २०७९
    715
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा  नेकपा (एमाले) का अध्यक्ष  केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ ।

    आज बिहान संघीय संसद् भवन नयाँ बानेश्वरमा  उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको एमाले पार्टी कार्यालयले जनाएको छ । भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ । भेटमा एमालेका तर्फबाट अध्यक्ष ओलीसँगै नेताहरु अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, डा। राजन भट्टराई, अन्जान शाक्यको उपस्थिति रहेको थियो  ।

    सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष चान्शु हिजो सोमबार काठमाडौँ आइपुगेका हुन् । सोही दिन सभामुख सापकोटा र अध्यक्ष लीले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

     लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भोली  २९ गते भेट गर्ने कार्यक्रम छ। ली नेपाल भ्रमण सम्पन्न गरी ३० गते स्वदेश फर्कने तय भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार