Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  गृहमन्त्री र कानुन मन्त्रीले खुमलटार पुगेर प्रचण्डलाई भेटे


    सोमबार, भाद्र २७ २०७९
    870
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण र कानून मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला सोमबार बिहान खुमलटार पुगेका छन्।

    संसदमा रहेका विभिन्न विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न गृहमन्त्री र कानून मन्त्री प्रचण्ड निवास खुमलटार पुगेको स्रोतले जनाएको छ। 

    प्रतिनिधि सभाको कार्यकाल सकिन केही समयमात्र बाँकी रहेको भन्दै संसदमा रहेका विभिन्न विधेयकबारे दुई मन्त्रीले प्रचण्डसँग छलफल गरेका छन्।

    भेटवार्ताका क्रममा उनीहरुबीच मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलगायत विषयमा पनि कुराकानी भएको स्रोतको भनाइ छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार