काठमाडौं । काठमाडौंको तीनकुनेस्थित बागमती खोलाको पुलमुनि एकजनाको शव भेटिएको छ ।
मंगलबार दिउँसो भीएस निकेतन स्कूल अगाडिको खोलामा एक पुरुषको शव भेटिएको महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतले जानकरी दिए ।
शव खोलाबाट बाहिर निकालिसकिएको छ । तर शवको सनाखत भने अहिलेसम्म हुन नसकेको डीएसपी बस्नेतले बताए । ती व्यक्तिको बारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।