Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • जोखिम बढ्यो विराटनगरमा, कार्यालय खोल्नै सकस


    मंगलबार, साउन २० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर । कोरोना सङ्क्रमणको जोखिमले विराटनगरका सरकारी सेवाप्रदत्त कार्यालय प्रभावित बन्न पुगेका छन् । अहिले कार्यालय प्रमुखलाई कार्यालय सञ्चालन गर्न सकस भइरहेको छ ।

    यहाँका केही सरकारी कार्यालयका कर्मचारीलाई कोरोना पुष्टि भएको छ । यसपछि कार्यालय सञ्चालन गर्न समस्या भइरहेको कार्यालय प्रमुखहरु बताउँछन् । नापी र मालपोत कार्यालय ७२ घण्टाका लागि बन्द गरिएको छ । नापी शाखाका दुईजना कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि उनीहरुलाई उपचारका लागि मोरङको गोठगाउँस्थित क्वारेन्टिनमा लगिएको छ ।

    ४० जना कर्मचारी रहेको नापी शाखामा सोमबार २० जनाको स्वाब परीक्षणमा पठाइएको छ र आज थप २० जनाको स्वाब लिने तयारी भइरहेको कार्यालय प्रमुख दामोदर वाग्लेले जानकारी दिए । निकै भीडभाड हुने र कार्यालयकै कर्मचारीमा कोरोना देखिएपछि कार्यालायमा स्यानिटाइज गर्नुुपर्ने र यसका लागि जनस्वास्थ्य कार्यालय, महानगपालिका वा अन्य सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्नेमा उनले बताए ।

    डिभिजन वन कार्यालयका प्रमुख विशाल घिमिरेले कर्मचारीलाई विशेष सावधानी अपनाउन र आफ्ना निजी सवारी साधन नभएका कर्मचारीलाई कार्यालय नआई घरबाटै सेवामा जुट्न निर्देशन दिएको बताए ।

    कोरोना सङ्क्रमित एक वृद्धाको उपचारका क्रममा सोमबार मृत्यु भएको छ । स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर–५ का मधुमेह र उच्च रक्तचापबाट पीडित ७७ वर्षीय वृद्धाको कोशी अस्पताल आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो ।

    मृतकको कोभिड–१९ सङ्क्रमणको रिपोर्ट आउनुअघि मृत्यु भएको प्रमुख बस्नेतले बताए । मोरङमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यहाँ सङ्क्रमितका सङ्ख्या १४२ पुगेका छन् । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार