Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  प्रतिनिधि सभाको बैठक स्थगित


    शनिबार, भाद्र २५ २०७९
    620
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभाको आजका लागि तोकिएको यहि बैठक २९ गतेका लागि सारिएको छ। आज दिउँसो १ बजे बस्ने तय भएको बैठक २९ गतेसम्मका लागि स्थगित भएको हो।

    प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले आज एक सूचना  जारी गर्दै उक्त बैठक विशेष कारणले बस्न नसक्ने बताए। “भदौ २५ गते शनिबार दिनको १ बजे बस्ने गरी तय भएको सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक विशेष कारणले बस्न नसक्ने भएकाले बैठक स्थगित गरि उक्त बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना प्रकाशित गरिएको छ” सूचनामा उल्लेख छ।

    भदौ २९ गते बुधबार बिहान ११ बजे प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम उक्त बैठक बस्ने तय गरिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार