Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वर्षाका कारण सबै खेल प्रभावित


    शुक्रबार, भाद्र २४ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेट अन्तर्गत एनआरएनए एकेडेमी र एपीएफ क्लवबीचको खेल नतिजा विहीन बन्दा अन्य तीन खेललाई पनि वर्षाले प्रभावित गरेको छ । 

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा शुक्रवार परेको भारी वर्षाको कारण खेल नतिजाविहीन सकिएको हो । सोही वर्षाका कारण सुदूरपश्चित प्रदेश र वागमती प्रदेशबीचको दोस्रो खेल पनि प्रभावित भयो । उक्त खेल टस नै नभई रद्द भएको हो । वर्षाले खेल रोकिनुअघि एनआरएनएले ब्याटिङ गरिरहेको थियो । १९ ओभरमा घटाइएको खेलमा एनआरएनएले १३ ओभर ३ बलमा २ विकेट गुमाएर १ सय २० रन बनाएको थियो ।

     एनआरएनएका कप्तान सुनाम गौतमले ४५ रन बनाएर अविजित थिए । पृथु बास्कोटा २६ रनमा अविजित थिए । यस खेल नतिजा विहीन सकिएसँगै दुबै टोलीले एक-एक अंक बाडेका छन । यससँगै एनआरएनएले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा एनआरएनएले सुदूरपश्चिमलाई हराएको थियो । एनआरएनए समूहको शीर्षस्थानमा रहेको छ । एपीएफले १ खेलमा १ अंक जोडेको छ ।

    वर्षाकै कारण मुलपानी क्रिकेट मैदानमा तय भएका नेपाल पुलिस क्लव र मधेश प्रदेश तथा त्रिभूवन आर्मी र कर्णालीबीचको खेल पनि रद्द भएको छ । गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडि नै आयोजना भएको हो । प्रतियोगितामा तीन विभागीय, सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागिता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार