Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • ‘आर्नब- द न्यूज प्रोस्टिच्यूट’ बनाउने निर्देशक रामगोपाल बर्माको घोषणा


    मंगलबार, साउन २० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । टेलिभिजक च्यानलको आडमा तथ्य बंग्याइ समाचार प्रस्तुत गर्नका लागि परिचित भारतीय पत्रकार आर्नब गोस्वामी विरुद्ध बलिउड उद्योग यतिबेला नराम्रोसँग रिसाएको छ । 

    विशेषगरी पछिल्लो समय अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याबारे उनले बनाएका कार्यक्रम र टक शो का कारण उनीसँग बलिउड यसरी रिसाएको हो । 

    यही रिसको झोंकमा चर्चित बलिउड निर्देशक रामगोपाल बर्माले उनको बारेमा फिल्म बनाउने र आर्नब- द न्यून प्रोस्टिच्यूट (आर्नब- समाचार वेश्या) र आर्नब- द न्यूज पिम्प (आर्नब- द समाचार वेश्यालयको दलाल) नाम उपयुक्त हुने बताएका छन् ।

    ‘आर्नब- द न्यूज प्रोस्टिच्यूट’ फिल्म बनाउने उद्घोष गरे । ट्‍वीटरमा लेख्दै उनले भनेका छन्, ‘मलाई विश्वास छ आर्नब गोस्वामीसँग अरु कुनै एजेण्डा छैन, तर उनी सलमान खानजस्तै दबंग शैलीमा सिधा आएर सत्यको हत्या गर्ने उद्देश्यले फिल्म उद्योगका सबै चर्चितलाई जोगिन पर्ने बनाइ रहेका छन्।’

    उनले थप लेखेका छन्,’म उनीमाथि एउटा फिल्म बनाउँदै छु र यसको शीर्षक “आर्नब- द न्यूज प्रोस्टिच्यूट” हुनेछ। उनीमाथि मैले गम्भीर अध्ययन गरेपछि मैले दुईोवटा शीर्षक ठीक हुने विचार गरेको थिएँ, द न्यूज पिम्प र द न्यूज प्रोस्टिच्यूट। तर मैले अन्तमा यसको लागि प्रोस्टिच्यूट नै टुंगो लगाएँ।’

    गोस्वीमीले टक शो चलाउँदै बलिउडलाई घिनलाग्दो, बलात्कारीहरु भएका, गुण्डासंलग्न, यौन दुराचारी र अपराधीसँग साँठगाँठ रहेको उद्योग भनेका थिए । गोस्वामीले यसअघि मृत्यु भएका दिव्या भारती, जीया खान, श्रीदेवी र सुशान्तसिंह राजपूतको घटनालाई एउटै श्रृंखला समेत भनेका थिए ।

    २५ वर्षको अवधिमा मृत्यु भएका सबैको कारण बलिउड भएको आरोप समेत गोस्वामीले लगाएका थिए । 

    यसरी घृणाको व्यापार गरेको भनेर यसअघि पनि अन्य बलिउड संलग्न व्यक्तिहरुले पनि गोस्वामीको विरोध गरिसकेका छन् । रामगोपालको यो ट्वीट सामाजिक सञ्जालमा चर्चित समेत भएको छ । (एजेन्सीहरुको सहयोगमा)

     

    dfdfdf.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार