Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • दोस्रो पटक पठाइएको नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड


    शुक्रबार, भाद्र २४ २०७९
    830
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक पठाइएको नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताएका छन्। 

    आज बिहान पोखरा विमानस्थलमा आयोजित पत्रकार भेटमा प्रचण्डले भने, ‘राष्ट्रपतिले प्रमाणीकरण नगर्ने सम्भावना पनि छ । यसपटक प्रमाणीकरण नगरे यो विषय अदालत जाने सम्भावना रहेको र दोस्रो कुरा, उहाँले राजीनामा दिने विकल्प रहन्छ ।’

    राष्ट्रपतिले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरी सन्देशसहित फिर्ता गरेपछि सदनबाट जस्ताको तस्तै पारित गरी प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति समक्ष पठाइएको छ ।

    प्रचण्डले भने, ‘दोस्रोपटक पनि दुबै सदनबाट पारित भएपछि राष्ट्रपतिलाई यताउति गर्ने अधिकार छैन । राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुहुन्छ भन्नेमा यसपटक हामी पूर्ण आशावादी छौं ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार