Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय सभाका चारवटै विषयगत समितिका सभापतिले सपथ लिए 


    बिहिबार, भाद्र २३ २०७९
    955
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय सभाअन्तर्गत गठित चारवटा विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले आज शपथ लिएका छन् । राष्ट्रिय सभाका माननीय सभापतिज्यूहरूको शपथ ग्रहण कृषि समितिको हलमा भएको थियो ।

    बिहीबार सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्विरोध निर्वाचित विषयगत समितिका सभापतिहरूलाई राष्ट्रिय सभा शपथ ग्रहण गराएका थिए ।

    सपथ ग्रहण दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थ, विधायन व्यवस्थापन समिति सभापति डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा छन् ।

     हरेक समितिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध निर्वाचित भएका हुन्।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार