काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकको विषयमा आज जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुसँग छलफल गर्ने भएकी छिन् । राष्ट्रपति भण्डारीले केही दिनदेखि नागरिकता विधेयकको विषयमा विभिन्न दलहरुसँग छलफल गर्दै आएकी छिन् ।
यस नागरिकताको विषयमा छलफलका लागि आज दुई बजे बोलाइएको जसपाका कार्यकारिणी सदस्य रामसहाय यादवले बताए ।
यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभा बाट पारित गरि प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीलाई पठाइएको विधेयक थप छलफल गर्न भन्दै भण्डारीले प्रतिनिधिसभामा फर्काइ दिएकी थिइन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाले पुनः त्यसलाई जस्ताको त्यस्तै पारित गरेको छ ।
संविधानअनुसार राष्ट्रपतिले दोस्रो पटक सो विधेयक फिर्ता पठाउन मिल्दैन र संविधान अनुसार दोस्रो पटक दुबै सदनबाट पारित भएर आएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend