Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • मोरङमा एकै परिवारका १४ जनामा कोरोना संक्रमण


    मंगलबार, साउन २० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मोरङ एकै परिवारका १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। रंगेली नगरपालिकामा बस्दै आएको सो परिवारका १४ सहित २२ जनामा संक्रमण देखिएको बताइएको छ । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो । 

    एकैपटक २२ जनामा संक्रमण देखिएपछि नगरपालिकाले रंगेली बजार क्षेत्र अर्को सूचना जारी नभएसम्मका लागि सिल गरेको छ।

    १४ जना संक्रमित भेटिएको परिवारमा एकजना महिला १५ दिन अघि भारतको नयाँ दिल्लीबाट आएकी थिइन्। उनको भने परीक्षण हुन बाँकी नै छ।

    दिल्लीबाट आएकी उनले विराटनगर महानगरपालिकाबाट आफू होटल क्वारेन्टिनमा बस्ने भनेर सिफारिस लिएर आएकी थिइन्। तर उनी होटल क्वारेन्टिनमा बसेको एकिन भएको छैन। नगरपालिकाले यसबारे थप विवरण लिने काम गरिरहेको छ।

    भारतबाट आएपछि उनी विराटनगरस्थित एक अस्पतालमा उपचाररत आफ्ना बुवालाई पनि भेट्न पुगेकी थिइन्। उनका बाबुको अस्पतालमै मृत्यु भएको थियो।

    यसबाहेक अन्य ८ जनालाई पनि संक्रमण देखिएको छ। तीमध्ये तीन जना रंगेली अस्पतालमा कार्यरत कर्मचारी हुन्। जसमा दुईजना प्राविधिक र एकजना भान्से छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार