Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न एमालेको माग  


    बुधबार, भाद्र २२ २०७९
    1K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेवा समुदायको आस्थामाथि चोट पुर्याउने गरी व्यंग्य गरेको आरोपमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न प्रमुख प्रतिपक्षी दल एमालेले माग गरेको छ । 

    बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले कला प्रस्तुत गर्ने क्रममा १० दिनदेखि प्रहरी हिरासतमा रहेका कलाकार सिंहलाई रिहा गर्न माग गरेका हुन् । 

    व्यंग्यात्मक कमेडीले कसै न कसैलाई असर गर्ने भए पनि कलाकारलाई पक्राउ गर्न नहुने भन्दै उनले सिंहलाई तत्काल रिहा गर्न माग गरेका हुन् । 

    ‘अपूर्व क्षितिजले कला प्रस्तुत गर्ने क्रममा, अलिकति हाँस्य प्रस्तुत गर्ने क्रममा कसैलाई मर्का पर्‍यो होला । कसै न कसैलाई मर्का पार्ने नै प्रस्तुती हुन्छ हाँस्यकलाकारमा,’ उनले भने, ‘हामीले देखेका छौं, शीर्षनेताहरु प्रज्ञा भवन र सभागृहमा बसेर हाँस्य कलाकारहरुको आफूमाथिको कडा व्यंग्यहरु स्वीकार गरेका छन् । अनि यसबापत नै अपूर्व क्षितिज सिंहजस्तो कलाकारलाई १०औँ दिनदेखि थुनामा राख्ने काम सरकारले गरिरहेको छ । म उहाँलाई शीघ्र रिहाइको माग गर्छु । 

    १२ भदौमा जिल्ला प्रहरी परिसर काठमाडौंले सिंहलाई सोही आधारमा नियन्त्रणमा लिएको हो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार