Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • लागू औषधसहित १५ जना पक्राउ


    मंगलबार, भाद्र २१ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरोले अवैध लागु औषध खैरो हिरोईन, गाँजा र नियन्त्रित लागू औषध एम्पुलसहित १५ जनालाई पक्राउ गरेको छ । 

    ब्यूरोले मंगलवार पत्रकार सम्मेलन गर्दै भदौ १६ गतेदेखि २० गतेको अवधिसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागु औषध खैरो हिरोइन, लागु औषध गाँजा र नियन्त्रित लागु औषध एम्पुलको कारोबार गर्ने १५ जनालाई पक्राउ गरेको जानकारी दिएको हो । उनीहरुको साथबाट खैरो हिरोइन २८७.५ ग्राम, नियन्त्रित लागु औषध ब्रुपेनोर्फिन, डाईजेपाम र फेनारगन गरेर २५२ एम्पल बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले बताए । त्यसैगरी लागु औषधको बिक्री वितरणबाट प्राप्त १० लाख ६२ हजार एक सय रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ । त्यस्तै पार्सलको रुपमा अमेरिकाबाट आएको २ किलोग्राम गाँजा र हिरोइन जोख्न प्रयोग गरिने ४ वटा डिजिटल तराजु पनि बरामद गरिएको उनले  उल्लेख गरे। पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट लागु औषध ऐन अनुसार म्याद थप भएर अनुसन्धान तथा कारबाही भइरहेको जानकारी दिए । 

    उनीहरुको साथबाट १७ थान मोबाइल पनि बरामद गरिएको छ । बरामद भएको कुल लागु औषधको अवैध बजारमूल्य २९ लाख, ९९ हजार चार सय रुपैयाँ रहेको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार