Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रीले जेल हालेका गुरुङलाई भेटेर रवि लामिछानेले भने – कानुन सबैलाई बराबर हुन्छ


    सोमबार, भाद्र २० २०७९
    895
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। पूर्व टेलिभिजन कार्यक्रम प्रस्तोता अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पर्यटनमन्त्री जीवनराम श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जेल पठाएका सुरक्षागार्ड शेरजंग गुरुङसँग भेटवार्ता गरेका छन् । गुरुङलाई राखिएको प्रहरी कार्यालय, दरबारमार्गमा पुगेर उनले गुरुङसँग भेटवार्ता क्रममा उनले गुरुङलाई धन्यवाद समेत दिएका थिए । उनको धन्यवादले गुरुङ अचम्म परेका थिए। 

    लामिछानेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङसँगको भेटबारे जानकारी गराउँदै लेखेका छन्–”प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङ सँग भेटेर उनलाई धन्यवाद दिएर आएको छु किन भने कानुन सबैलाई बराबर हुन्छ। शेरजंग भन्छन् “गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन यदि थाहा भए पनि मेरो डिउटी त गर्नै पर्यो।” यदि उनको भनाइ सत्य हो भने उनलाई हिरासतमा राख्ने होइन ससम्मानसहित रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्री लाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्।”

    शुक्रवार ठमेलस्थित छायाँ सेन्टरमा रहेको एफएस ग्लोबल भिसा सेन्टरमा पुगेका मन्त्रीलाई गुरुङले लाइनमा बस्न भनेपछि मन्त्री र सुरक्षागार्ड गुरुङबिच विवाद पश्चात मन्त्रीले गुरुङलाई पक्राउ गराएका थिए। 

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार