Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नागरिकता विधेयक प्रमाणीकरणका लागि आज राष्ट्रपति कार्यालय पठाउने 


    सोमबार, भाद्र २० २०७९
    2K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि सभामुख अग्नि सापकोटाले दोस्रो पटक राष्ट्रपति कार्यालय पठाउने भएका छन्। 

    प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले गत साउन २९ गते सन्देशसहित उक्त विधेयक फिर्ता गरेकी थिइन्। 

    तर राष्ट्रपतिको सन्देशलाई बेवास्ता गर्दै भदौ २ गते सत्तारुढ दलहरुको बहुमतबाट प्रतिनिधिसभाले विधेयक पास गरेर राष्ट्रियसभामा पुन: पठाएको थियो ।

    त्यस्तै राष्ट्रिय सभाले पनि भदौ १७ गते विधेयक हुबहु पारित गरेको थियो। राष्ट्रिय सभाले पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाए पनि विधेयक कुनै परिवर्तन भएन।

    राष्ट्रिय सभाले विधेयक पारित गरेको जानकारी भदौ १९ गते प्रतिनिधि सभालाई पठाएको थियो र राष्ट्रिय सभाको सन्देश प्राप्त भएलगत्तै आजै सभामुख सापकोटाले विधेयक राष्ट्रपति कार्यालयमा पठाउने तयारी गरेको हो।

    राष्ट्रपतिले १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ । उक्त विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र त्यसले ऐनको स्वरूप लिनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार