Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • छुट्टाछुट्टै घटनामा दुईको मृत्यु


    सोमबार, साउन १९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सल्यान । सल्यानमा छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको कालीमाटी गाउँपालिका र दार्मा गाउँपालिकामा भएका घटनामा परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    साउन १६ गते शारदा नदीमा माछा मार्न गएका कालीमाटी गाउँपालिका–४ घुरचौर घर भएका नौ वर्षीय बालक निर्मल भण्डारीको बेपत्ता भएका थिए । बेपत्ता भण्डारीको शव कालीमाटी गाउँपालिका–५ मा नदी किनारमा आज फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । यस्तै दार्मा गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्मा गाउँपालिका–४ पुखातका ५५ वर्षीय यज्ञबहादुर विकको भीरबाट लडेर मृत्यु भएको हो । आइतबार साँझ घरदेखि ५०० मिटर टाढा भीरबाट लडेर उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार