Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं महानगरले सात दिनभित्र मनोरञ्जन कर तिर्न क्यासिनेहरूलाई दियो अल्टिमेटम


    आइतबार, भाद्र १९ २०७९
    930
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। सात दिनभित्र महानगरभित्रका सबै क्यासिनोलाई बाँकी मनोरञ्जन कर चुक्ता गर्न काठमाडौं महानगरले अल्टिमेटम दिएको छ । 

    सात दिनभित्र कर नतिरे महानगरपालिकाको राजस्व ऐन, ०७५ बमोजिम कारवाही गरी सरकारी बाँकी सरह बाँकी कर असुलउपर गरिने जनाएको छ।

    त्यस्तै, बागमती प्रदेश आर्थिक ऐनअनुसार क्यासिनाे प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था गरेको र महानगरले सोही अनुसार क्यासिनोहरूलाई पटक पटक कर तिर्न आग्रह गर्दै आएको थियो । तर, क्यासिनेहरूले २०७५/७६ देखि कर तिरेका छैनन् । 

    महानगरका अनुसार डेल्टिन क्यासिनो होटल, म्यारियट, क्यासिनो प्यालेस, अन्नपुर्ण होटल, क्यासिनो याट, याडिसन होटल, प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रीएसन, हायात होटल, माजोन इन्टरटेनमेन्ट, होटल सोल्टी, बाल्को क्यासिनो, होटल एलफ्ट र बेली क्यासिनो, मल्ल होटलले मनोरञ्जन कर तिरेका छैनन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार