Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • मन्त्री भए पनि लाइनमा बस्नुस् भनेकै कारण सुरक्षा गार्ड प्रहरी नियन्त्रणमा


    आइतबार, भाद्र १९ २०७९
    2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नु भनेको आरोपमा एक जना सुरक्षागार्ड प्रहरीको नियन्त्रणमा परेका छन् । ठमेलस्थित छाया सेन्टरका सुरक्षागार्डले मन्त्री श्रेष्ठमाथि दुर्व्यवहार गरेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    गरूण सेक्युरिटीका सुरक्षागार्ड शेरजंग गुरूङ प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराले जानकारी दिए ।

    उनीमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने तयारी थालेको छ । छाया सेन्टरमा बायोमेट्रिक्सको कामका लागि मन्त्री श्रेष्ठ त्यहाँ पुगेका थिए । तर, मन्त्री श्रेष्ठलाई पनि सुरक्षागार्डले लाइनमा बस्न भनेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार