Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • राजीनामा घोषणा गर्दै लिङदेनले भने– मलाई असाध्यै लज्जित र दुखित तुल्यायो


    आइतबार, भाद्र १९ २०७९
    910
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। राप्रपाका सांसद राजेन्द्र लिङदेनले संसद पदबाट राजीनामाको घोषणा गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै लिङदेनले चुनाव घोषणा भैसकेपछि संसद चलिराख्नु उपयुक्त नभएको भन्दै राजीनामाको घोषणा गरेका हुन् ।

    ‘संसदको आयु मंसिर ४ गते पछि पनि निरन्तर राख्ने भन्ने निर्णय प्रक्रिया भएका छन् त्यसले मलाई असाध्यै लज्जित, दुखित तुल्यायो’, लिङदेनले भने, ‘यहीबाट घोषणा गर्न चाहान्छु कि आजबाट यहाँ संसदको रुपमा उपस्थित नहुनेमात्रै होइन, मेरो नाममा आउने तलवभत्ता समेत रोकियोस् । 

    उनले अब नेपालको राजनीतिक भविष्यका लागि समेत अबको निर्वाचन निकै महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार