Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • इन्द्रचोक र असन क्षेत्रका पसल हटाउन महानगरले दियो २४ घण्टे अल्टिमेटम


    आइतबार, भाद्र १९ २०७९
    935
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्द्रचोक र असनका मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रुपमा सञ्चालन भइरहेको पसल हटाउ ४ घण्टे अल्टिमेटम दिएको छ ।

    उक्त क्षेत्रमा मापदण्ड विपरीत अनधिकृत रुपमा राखिएका डिजिटल होर्डिङ बोर्ड हटाइरहेको महानगरले सम्पदा तथा मन्दिर क्षेत्र ओगटेर सञ्चालन भइरहेका पसल हटाउने भएको हो ।

    काठमाडौं महानगरपालिका-२५ नम्बर वडा कार्यालयले एक सूचना जारी गर्दै इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर वरिपरिको खास्तो व्यापार, भेडा स्थित श्री भवानी शंकर मन्दिर क्षेत्रमा नौदेबल(माटोको भाँडा कुँडा)को लगायत अन्य व्यापार व्यवसाय हटाउन चेतवानी दिएको हो ।

    महानगरपालिकाले असनस्थित ट्रान्सफर्मर मुनि, उमा शंकर मन्दिरको दायाँ-बायाँ(दूध डेरी)मा रहेका पसलहरु हटाउन निर्देशन दिएको वडा नम्बर २५ अध्यक्ष राजेश शाक्यले बताए। 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार