Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • महाअभियाेग समितिकाे अर्को बैठक २५ गते बस्ने


    आइतबार, भाद्र १९ २०७९
    905
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। महाअभियाेग सिफारिस समितिकाे अर्को बैठक २५ भदौमा बस्ने भएको छ । संसदको महाभियोग सिफारिस समितिले आज आइतबार पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग बयान लिएको हो।

    निलम्बित जबरासँग समितिले आज पाँचवटा प्रश्न साेधेकाे थियाे । ती प्रश्नमा सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा राणाको इजलासले गरेको फैसलाबारे पनि सोधिएको थियो। सिंहदरबारमा आजको बैठक एक घन्टा बसेकाे थियाे । एक घन्टामा पाँच प्रश्न साेधिएकाे हो ।

    निर्वाचनकाे तयारीका लागि दलका नेताहरू जिल्ला जिल्लामा जानुपर्ने भएकोले बैठक ६ दिन पर सारिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

    त्यस्तै, बाँकी प्रश्नहरूबारे बयान लिन राणालाई भदौ २५ गते फेरि बोलाइएको छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार