Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु


    शनिबार, भाद्र १८ २०७९
    630
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • नयाँ दिल्ली ।  भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर १७  जनाको मृत्यु भएको छ । 

    सरकारी प्रसारण संस्था अल इण्डिया रेडियोका अनुसार बितेका २४ घण्टामा राज्यका छ वटा जिल्लामा मेघ गर्जन र चट्याङसहित भारी वर्षा भएको तथा खेतमा काम गरिरहेका किसानको चट्याङ लागेर मृत्यु भएको हो । 

    राज्यको गया जिल्लामा तीन जना बालबालिकासहित पाँच जना तथा भोजपुर, औरङ्गबाद, जेहेनाबाद, कैमुर र रोहतास जिल्लामा १२ जनाले ज्यान गुमाएका अल इण्डिया रेडियोले जनाएको छ  । 

    गत जुन र जुलाईमा बिहार राज्यमा चट्याङ लागेर ६० जनाको मृत्यु भएको थियो । प्रत्येक वर्ष वर्षायाममा चट्याङ लागेर सयौँको ज्यान जाने गरेको छ ।  

    आगामी पाँच दिनसम्म उत्तरपूर्वी भारत र बिहार, झारखण्ड तथा सिक्किमसहित पश्चिम बङ्गालको पहाडी क्षेत्र भीषण वर्षा हुने पूर्वानुमान मौसम विभागले गरेको छ । 

    यसैबीच, बिहारका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएकाहरूका परिवारजनप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई भारू चार लाख राहतस्वरुप उपलब्ध गराइने घोषणा गर्नुभएको छ । 

    उहाँले प्रतिकूल मौसममा सतर्क रहन तथा विपद् व्यवस्थापन विभागले जारी गरेका सुझाव पालना गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । ऐजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार